INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका सचिव ५३ वर्षीय सचिव रामआधार शाहविरूद्ध पीडितले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिएकी छन् ।
पीडितले दिएको उजुरीमा सचिव शाहले विगत दुई महिनादेखि आपूmलाई पटकपटक कार्यालय समयपछि एक्लै बस्न लगाउने र डेरामा बोलाएर बलात्कार प्रयास गरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।
उजुरीका आधारमा घटनामाथि आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी रवि रावलले बताए । आरोपितले भने आपूmमाथि लगाइएको आरोप निराधार भएको बताएका छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो