INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाको विरोध र्‍यालीमा बालबालिकाको प्रयोग

कालापानी, लिपुलेक लिम्पियाधुरालाई भारतको नक्सामा समेटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले कात्तिक २४ गते आयोजना गरेको विरोध र्‍यालीमा विद्यालयमा अध्ययनरत बालबालिकाकोे प्रयोग गरेको पाइएको छ ।

उक्त पार्टीका विद्यार्थी कार्यकर्ता विद्यालयमा गई  अध्यनरत  बालबालिकाहरूलाई र्‍याली र जुलुसमा सहभागी बनाएको विद्यालयका शिक्षकहरूले बताएका छन् ।

विद्यालयमा कार्यक्रम गर्न भनेर बालबालिकाहरूलाई जबरजस्ती र्‍यालीमा सहभागी गराएको नुवाकोट माविका शिक्षक गङ्गा भुसालले बताए ।

अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयमा भन्दा बाहिर लगेर र्‍याली र जुलुसमा सहभागी बनाएको रिजया माविका शिक्षक ऋषि बिकले बताए ।
भूमिकास्थान–८ को नुवाकोट मावि, सितगङ्गा नपा–१२ को रजिया माविसहित पाँच ओटा विद्यालयका बालबालिकालाई र्‍यालीमा  प्रयोग गरिएको थियो ।

र्‍यालीमा नौ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई जुलुसमा प्रयोग गरी लिएर गएको विद्यालयहरूले जनाएका छन् ।

बालबालिकाहरूलाई नारा जुलुस सहित लिएर पार्टीको व्यानर, झण्डालगायतका राजनीतिक सामग्री बोकाएर नारा लगाउन बाध्य पारेको शिक्षक तथा विद्यार्थीको आरोप छ ।

अन्य

भिडियो