११ र १२ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–६ स्युनाका २५ वर्षीय नौले सार्की र सोही ठाउँका २४ वार्षीय जले सार्कीलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाहरूलाई आरोपितद्वयले कात्तिक २० गते अत्यधिक मधिरा सेवन गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
उक्त उजुरीका आधारमा आरोपितलााई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर इन्द्रबहादुर मल्लले बताए ।
पीडितद्वयको स्वास्थ्य परीक्षण कात्तिक २४ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको प्रहरीले जनायो ।
पीडितका बाबुले प्रहरीमा उजुरी गर्न समस्या भएकाले ऋण सापट गरेर उजुरी लेखेर दर्ता गराएको बताए ।
साथै उनले कानुनी प्रक्रियाको लागि जिल्लामा आउन जान समस्या भएकाले सहयोगका लागि सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७