सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कालिका नगरपालिका–३ मिलनचोकका २२ वर्षीय विजय वाइवाविरूद्ध एक महिना कैदको फैसला गरेको छ ।
पीडित बालिकालाई वाइवाले गत भदौ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ १८ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको थियो ।
प्रहरीले वाइवालाई सोही दिन गिरफ्तार गरी मुद्दा चलाएको थियो ।