कर्जन्हा नपा–२ की ४० वर्षीया कविता पासवानलाई घरायसी विवादका कारणले बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रामबाबू पासवानलाई कात्तिक २० गते गिरफतार गरेको छ ।
कवितालाई आरोपितले कात्तिक २० गते बिहान घरायसी विवादका कारण बन्चरो प्रहार गरेको आरोप छ ।
बन्चरो प्रहारबाट घाइते भएकी कवितालाई उपचारको लागि कर्जन्हास्थित फुलकुमारी अस्पतालमा पुर्याएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए ।
बन्चरो प्रहार गरी फरार रहेका आरोपितलाई लुकेर जङ्गलमा बसेको अवस्थामा गिरफ्तार गरेको डिएसपी खनालले बताए ।
शवको पोष्टमार्टमा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कात्तिक २० गते गरिएको प्रहरीले जनाएको छ ।