स्वास्थ्य संस्थामा औषधि नपाएका कारण सेवाग्राही मर्कामा परेका छन् । नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधि र स्वास्थ्य जीवन बिमा बापत सेवाग्राहीले प्राप्त गर्ने औषधिहरू स्वास्थ्य संस्थामा उपलब्ध नभएपछि सेवाग्राहीहरू मर्कामा परेका हुन् ।
निःशुल्क र स्वास्थ्य जीवन बिमा गरे वाफत निशुल्क पाइने औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभए पछि सेवा ग्राहीहरू बाहिरबाट खरिद गर्न बाध्य छन् ।
ठाडा प्राथामिक स्वस्थ्य केन्द्र र अर्घाखाँची जिल्ला अस्पतालमा जीवन बिमा बापतका निःशुल्क प्राप्त गर्ने औषधिहरू नपाएका कारण बाहिरबाट किन्नुपरेको सो क्षेत्रका सेगाग्राहीले गुनासो गरेका छन् ।
०७५ जेठ १४ गतेबाट अर्घाखाँची जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको थियो । स्वास्थ्य बिमा कार्यक्रम सुरू भएपछि अर्घाखाँची जिल्ला अस्पताल र प्राथामिक स्वास्थ्य केन्द्र ठाडामा बिरामीहरू बढ्न थालेका छन् । विगत केही वषदेखि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनको लागि राज्यले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेकी छ ।
सितगङ्गा नगरपालिका–३ का सेवाग्राही कमल बेल्वासेले राज्यले निःशुल्क रूपमा दिने औषधि र स्वास्थ्य बिमा बापत दिने औषधिहरू नपाएको आरोप लगाए ।
उनले सेवा पनि गुणस्तर नभएको आरोप लगाए । औषधि लगायत अन्य सेवा निःशुल्क पाइन्छ भने पनि सबै औषधि नपाएको कारण बाहिर किन्नुपरेकामा उनको गुनासो छ ।
स्थानीय दीपा श्रेष्ठले जीवन बिमा गराएको भएपनि सबै औषधि बाहिरबाट किन्नु परेको आरोप लगाइन् । राज्यले स्वास्थ्य संस्थाको प्रकृति अनुसार तोकेको निःशुल्क औषधि पाउन नसकेको उनको आरोप छ ।
जिल्ला अस्पतालमा सरदरमा दैनिक १ देखि ५ जना र प्रथामिक स्वास्थ्य केन्द्र ठाडामा १ देखि ३ जना जीवन बिमा गराएका सेवाग्राही आउने गरेका छन् । रोगको प्रकृतिको आधारमा केहि औषधि बाहिर बाट समेत किन्नुपर्ने बाध्यता भएको स्वास्थ्य कार्यालयले जनायो ।
जिल्ला अस्पताल र ठाडा प्रथामिक स्वास्थ्य केन्द्रका सेवाग्राहीलाइ मात्रै हेर्ने हो भने सरदरमा मासिक १ सय ५० देखि २ सय जनासम्म सेवाग्राही राज्यबाट पाउने सेवा सुविधा लिनबाट वञ्चित हुने गरेका छन् ।
निःशुल्क र जीवन बिमा बापतका औषधि पाइन्छ भने पनि पर्याप्त औषधि बजेट अभावका कारण उपलब्ध गराउन नसकिएको जिल्ला अस्पताल प्रमुख जगनाथ तिवारीले बताए ।
निःशुल्क पाउने र बिमा गराएबापत प्राप्त गर्नुपर्ने औषधि पर्याप्त नभएको प्राथामिक स्वास्थय केन्द्र ठाडाका प्रमुख विवेश मण्डलले बताए ।