राष्ट्रपति विद्यादेवी भण्डारीले सात ओटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारले सिफारिसमा उनले कात्तिक १८ गते सातै जनालाई कार्यविभाजन सहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १ मा सोमनाथ अधिकारी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।
राष्ट्रपति भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई सरकारको सिफारिसमा कात्तिक १७ गते मात्र पदमुक्त गरेकी थिइन ।
संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको थियो ।
नियुक्त गरिएका सबै प्रदेश प्रमुखहरूको सपथग्रहण कात्तिक १९ गते बिहान ८ बजे गरिने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
