बेलकोटगढी नपा–१२ देउराली लामाटोलका तीन वर्षीय सुजन रानामगरको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीया फूपु पार्वती रानामगरलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको बेलामा आफ्नै भाइ नवराजको छोरा सुजनको घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुयाँलले जानकारी दिए । बालकको मृत्यु घटनास्थलमै भएको थियो ।
शवको पोष्टमार्टमका लागि त्रिशूली जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।