६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बाबुलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
भोजपुर जिल्ला स्थायी घर भई हाल धरान उपमहानगरपालिका–१७ मा बस्दै आएका आरोपितलाई डेराबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा कात्तिक १४ गते गरिएको छ ।