४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नपा–१० गमौडीका ४० वर्षीय अशोक शाहीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १५ गते बिहान जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्सपेक्टर उपेन्द्र आचार्यले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १५ गते नै जिल्ला अस्पताल, दैलेखमा गरिएको प्रहरीले जनाएको छ ।