INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

चार वर्षीया बालिकालाई कात्तिक १३ गते दिउँसो आर्दशकोत्वाल गाउँपालिका–४ इनर्वाका ४५ वर्षीय शेष इसरायलले यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १४ गते उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १३ गते कलैया अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

फरार रहेका आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।

अन्य

भिडियो