INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेक लगायत सङ्घ संस्थाको समन्वयमा अयोजित स्वास्थ्य शिविरमा ३ सय ३० जनाको उपचार

अनौपचारिक क्षेत्र  सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र बुद्धभुमि नपा–९ को समन्वय तथा सिटिजन लाइफ इन्सुरेन्स र न्यु बुटवल फर्माको आयोजनामा कात्तिक २ गते बुद्धभुमि नपा–९ इमिलियामा वृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । उक्त शिविरमा ३ सय ३० जनाको स्वास्थ्य परीक्षण गरिएको छ

निःशुल्क स्वास्थ्य शिविरमा मुटु, छाति, पेट रोगका ५५ जना, प्रसूति तथा महिला रोगका १ सय २० जना, दाँत गिजासम्बन्धी रोगका ४० जना, हाड जोर्नी तथा नशासम्बन्धी रोगका ७० जनाले विशेषज्ञ सेवा लिएका थिए भने १ सय १५ जनाको सुगर रोग परीक्षण गरिएको थियो ।

शिविरमा इन्सेकले मानव अधिकार उल्लङ्घन, ज्यादती तथा महिला हिंसाका विषयमा समेत परामर्श दिएको र पीडितहरूको गुनासो लिएको थियो । यसैगरी सिटीजन लाइफ इन्सुरेन्सले जीवन बिमाका बारे परामर्श सेवा दिएको थियो ।

बुद्धभुमि नगरपालिकाकी उपमेयर मिरा थारूले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी नागरिकलाई घरदैलो नजिकै सेवा प्रदान गर्ने सिटिजन लाइफ इन्सुरेन्स, न्यु बुटवल फर्मा र इन्सेकलाई धन्यवाद दिँदै व्यावसायिकता सँगै मानवीय कार्य गर्नुपर्नेमा जोड दिइन् ।

डाक्टर प्रदिपजङ्ग केसीले निःशुल्क स्वास्थ्य शिविरमार्फत नागरिकको सेवा गर्न पाएकोमा हर्षित भएको बताए ।

photo20191025kapilvastu (1)

photo20191025kapilvastu (2)

photo20191025kapilvastu (3)

अन्य

भिडियो