INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा भिटामिन ए अभाव, ४ सय बालबालिका भिटामिन ए खानबाट वञ्चित

स्वास्थ्य संस्थामा भिटामिन ए को अभाव भएपछि  हुँदा जिल्लाका ४ सय बालबालिका भिटामिन ए खानबाट बञ्चित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा भिटामिन ए औषधि पर्याप्त नभएको स्वास्थ्य कार्यालयले जनाएको छ  ।

जिल्लाका ६ ओटा स्थानीय तहमध्ये, भूमिकास्थान, सन्धिखर्क र मालारानीमा औषधि पुगे पनि सितगङ्गाका ८ र ९, सिद्धारा, छत्रदेव गाउँपालिकाको भगवती र मेरेङ्गमा औषधि नपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि नपुगेका सबै ठाउँहरूका बालबालिका गणना गरी स्थानीय स्वास्थ्य चौकी, महिला स्वयम्सेविकाहरूलाई तथ्याङ्क पठाउन भनिएको र नपुगेका ठाउँबाट प्राप्त सूचना अनुसार करिव ४ सय बालिबलिका भिटामिन ए खानबाट छुटेका जिल्ला स्वास्थ्य कार्यालययका खोप अधिकृत तथा रामप्रसाद गौतमले बताए  ।

प्रत्येक पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि वर्षको दुई पटक अनिवार्य रूपमा खुवाउनुपर्ने व्यवस्था छ ।

अर्घाखाँची जिल्लामा कात्तिकको २ र ३ गते र वैशाखको ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाउने स्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थाहरूले योजना बनाई तालिका सार्वजनिक गरेको थियो ।

भिटामिन ए नखुवाएमा बाल बालिकामा दीर्घकालमा रतन्धो, छालाका रोगहरू, दादुरा, लगायतका समस्या देखिने गर्दछन् ।

भिटामिन ए नपुगेको कारण तथ्याकङ्को आकलन गरि प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयमा भिटामिन ए औषधि माग गरिएको खोप अधिकृत तथा रामप्रसाद गौतमले बताए ।

गौतमले गत वर्षको आकलनका आधारमा माग गरिएको हुँदा कम परेको बताउँदै औषधि आउनासाथ छुटेका बालबालिकालाई खुवाइने बताए ।

भिटामिन ए बाल बालिकाकालागि निकै उपयोगी र संवेदनशील भएकाले वर्षको दुई पटक अनिवार्य रूपमा खवाउन अभियान सञ्चालन गरेको छ ।

अन्य

भिडियो