१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–५ लेलेका २५ वर्षीय सुमन नेपाली र महाङ्काल गाउँपालिका–३ गोटीखेल घर भई गोदावरी नगरपालिका–१४ ठैबमा वेलकम क्याफे सञ्चालन गरी बस्ने ३० वर्षीय विशाल तिमल्सिनालाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले राम्रो आम्दानीको प्रलोभनमा पारेर गत असोज ३० गते वेलकम क्याफेमा लागि सोही दिनदेखि बन्धक बनाई कात्तिक ३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितद्वयविरूद्ध कात्तिक ४ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको उक्त वृत्तका डिएसपी गौतम मिश्रले बताए ।
आरोपितद्वयविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बलात्कार मुद्दामा अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनायो ।