१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गुलरिया नपा–५ का १९ वर्षीय अरुण थारुलाई कात्तिक ३ गते बर्दिया जिल्ला अदालतले दोषी ठहर गरी ११ वर्ष जेल सजाय तोकेको छ ।
पीडित बालिकालाई ७५ हजार रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलाशले उक्त फैसला गरेको श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताए ।
पीडित पक्षले वैशाख १७ गते बलात्कार गरेको भन्दै अरुण थारुविरुद्ध पीडित पक्षले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
थारुलाई वैशाख १७ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेकोमा बर्दिया जिल्ला अदालतको जेठ २ गते पुर्पक्षका लागि जिल्ला कारागार पठाएका थियो ।
फैसला पछि थारुलाई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार गुलरियामै रहेको बर्दिया जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताए ।