INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाईसम्बन्धी अपाङ्गता भएकी ४५ वर्षीया महिलालाई असोज ३० गते बलात्कार गरेको आरोपमा धरान उमनपा–४, पत्रांबारीस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज असई पिताम्बर अधिकारीलाई गिरफ्तार गरेको छ ।

बलात्कारको घटनाका सम्बन्धमा उजुरी परेपछि कात्तिक २ गते बिहान स्थलगत मुचुल्का पनि उठाइएको छ ।

धरान उमनपा–४ का वडा सदस्य धनबहादुर कुलुङका अनुसार दुई दिनअघि नै इलाका प्रहरी कार्यालय तानिएका अधिकारीविरूद्ध बलात्कार घटनाको उजुरी परेपछि मुचुल्का उठाइएको हो । ‘बलात्कार गरेको ठाडो निवेदन परेपछि प्रहरी आएर मुचुल्का उठाएर गएको छ ।’–उनले भने ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर वलीले घटनाबारे उजुरी आएको बताए । घटनाका सम्बन्धमा अनुसन्धान थालिएको उनको भनाई छ ।

पीडत महिलाको स्वास्थ्य परीक्षण कात्तिक २ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो