INSEC Online

📅 २०८३ जेष्ठ २२

कृषकहरूलाई क्षतिपुर्तिको माग गर्दै ज्ञापन पत्र

अन्तर्राष्ट्रिय खाद्य दिवसको सन्दर्भमा इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च लगायतका सङ्घसंस्थाले कृषकहरूलाई क्षतिपुर्तिको माग गर्दै कात्तिक १ गते कृषि ज्ञान केद्रमा ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा आगामी दिनमा अस्पताल जस्तै विदाका दिनमा पनि कृषकहरूलाई आपतकालिन सेवा दिन माग गरेका छन् ।

साथै फौजीकिरा नष्ट गर्नको लागि समयमै विषादी व्यस्था गर्नुपर्ने, किसानहरूको धान बालीमा लाग्न सक्ने अन्य रोगको पहिचान गरी रोकथाम गर्नुपर्ने, कृषकहरूलाई क्षतिपुर्ति दिनुपर्ने, कृषकहरूको सहभागितामा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय सरकारले कृषि तथा पशु विकासको लागि क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने र आपतकालिन कोषको स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस वर्ष बाँके जिल्लामा ६ सय विगाहा क्षेत्रको ८० प्रतिशत धान बाली फौजी किराले नष्ट गरेको छ । उक्त क्षतिका कारण कृषकहरूको उत्पादनमा कमी भएको र उत्पादन विक्री गरेर जिविका चलाउने कृषक पनि मर्कामा परेका छन् ।

इन्सेक प्रदेश ५ की कार्यक्रम फोकल पर्सन सरस्वती मल्ल, डुडुवा गाउँपालिका–६ का ध्रुवराज शर्मा, आइएच आरसीका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम लगायतले ज्ञापन पत्र बुझाएका थिए ।

अन्य

भिडियो