INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल खोटाङमा भिडियो एक्स–रे मेसिन नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । अस्पतालमा भएको एक्स–रे मेसिन पटक–पटक बिग्रिरहँदा बिरामीलाई एक्स–रे गराउनका लागि जिल्ला वाहिर लैजानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो रहेको छ ।

ढाडको समस्या भएको आफन्तलाई अस्पताल पुर्‍याउँदा एक्स–रे मेसिन विग्रिएको भन्दै अर्कै अस्पतालमा पठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ३० वर्षीया जुनमाया तामाङले बताइन् ।

जिल्लास्थित हलेसी सामुदायिक अस्पतालमा पुर्‍याउँदा सो अस्पतालको पनि भिडियो एक्स–रे मेसिन बिग्रिएकाले पतिलाई काठमाडौँ पुर्‍याउनु परेको तामाङले सुनाइन् । गह्रौं भारी उचाल्ने क्रममा  ३५ वर्षीय राज तामाङको ढाड सड्किएको थियो ।

पटक–पटक विद्युत अवरूद्ध भइरहने कारण पनि भएका उपकरणहरू प्रयोग गर्न नसकिने अवस्था रहेको छ ।

अन्य

भिडियो