INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ४१ वर्षीय बुबालाई असोज २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गर्दै आएको र पछिल्लो पटक असोज २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ३० गते उजुरी दिएका छन् ।

घटनाको मौखिक जानकारी पछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र सिंह खड्काले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २९ गते गुल्मी अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो