INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रतिबन्धित नेकपाका कार्यकर्ता अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा रिहा

विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  जिल्ला कमिटि सदस्य माण्डवी गाँउपालिका–१ का ५० वर्षीय मनबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालयले असोज २८ गते मानव अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा रिहा गरेको छ ।

जिल्ला कमिटि सदस्य रहेका नेपालीलाई प्रहरीले असोज ५ गते  गिरफ्तार गरेको थियो । रिहासँगै नेपालीले आफू उक्त पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको विज्ञप्ति जारी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डे, जिल्ला बार एशोसियशनका प्रतिनिधि रामेश्वर सुवेदी, पत्रकार महासंघका जिल्ला सचिव विजयसिंह भारती लगायतका  पत्रकार रोहवर  र  परिवारको उपस्थितिमा रिहा गरेको

अन्य

भिडियो