१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–५ बाजुङ ओखलढुङ्गा बस्ने २६ वर्षीय प्रकाश बिकलाई असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २५ गते बालिकाका अभिभावकले सोही समय प्रहरीलाई जानकारी गराउनुका साथै असोज २७ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा लिखित उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते जिल्ला अस्पताल, पर्वतमा गरिएको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७