गत वैशाखदेखि कर्मचारी अभाव हुँदा जिल्लाका स्थानीय तहको सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । शिक्षा शाखा प्रमुखको जिम्मेवारी आइटी प्राविधिकलाई दिइएपछि ५ महिनादेखि शिक्षकहरूले तलब पाएका छैनन् ।
एक नगरपालिका र नौ ओटा गाउँपालिका रहेको रोल्पामा अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव छ ।
यसअघि विद्यालय स्रोत व्यक्तिले हेर्दै आएको गाउँपालिकाको शिक्षा शाखाको जिम्मेवारी अहिले आइटी अधिकृतको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए ।
‘गत वैशाखदेखि स्रोत व्यक्ति सम्बन्धित शिक्षक दरबन्दीमा अध्यापन गराउन गएदेखि शिक्षा शाखा प्रमुखविहीन बनेको हो ।’-अध्यक्ष ओलीले भने-‘अर्को व्यवस्था नहुँदासम्म आइटी अधिकृतलाई उक्त शाखा समेत हेर्ने जिम्मा दिएका हौँ ।’
कर्मचारी अभावकै कारण अहिलेम्म शिक्षकहरूको तलब निकासा हुन सकेको छैन । ०७६ जेठ महिनादेखि शिक्षकहरूले तलब खान नपाएको त्रिवेणी गाउँपालिका-१ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्काले बताए ।
‘३/४ पटक गाउँपालिका गइयो तर अझै तलब निकासा भएको छैन ।’-प्रधानाध्यापक खड्काले भने । दशैँ अघि आउनुपर्ने तलब अझै नआउँदा चार्डपर्व नै खल्लो भएको खड्काले दुखेसो पोखे ।
लेखापाल र प्राविधिक तर्फा कर्मचारीहरू पनि न्यून मात्रामा रहेको थबाङ गाउँपलिका अध्यक्ष बिरबहादुर घर्तीले बताए ।
शिक्षाको जिम्मेवारी आइटी प्राविधिक कर्मचारीलाई दिएका कारण पनि शिक्षामा समस्या देखिएको हो । त्यसैगरी कर्मचारी अभावका कारण समयमा नै तलब निकाशा हुन सकेन ।
त्यसैगरी बजेटको कर्यान्वयन र फस्र्योट समयमा नै हुन सकेन भने लगत इष्टमेट र अनुगमनसमेत हुन सकेन ।