३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौमूले गाउँपालिका-३ द्वारी गाउँका ४० वर्षीय बुदे थापालाई असोज २७ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।
घटनापछि फरार भएका आरोपितलाई स्थानीयले दिएको सूचनाका आधारमा घरबाटै गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका इन्स्पेक्टर उपेन्द्र आचार्यले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दैलेखमा भदौ ५ गते नै गरिएको प्रहरीले जनाएको छ ।