INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लम्कीचुहा नगरपालिका–१ भुरूवाका ३१ वर्षीया जानकी बिक(थापा)को हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति धिरेन्द्र थापालाई असोज २६ गते गिरफ्तार गरेको छ ।

असोज २१ गते पतिको कुटपिटबाट गम्भीर घाइते भएकी बिक (थापा)कोे उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा असोज २६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

आरोपित थापालाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको र शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको डिएसपी बस्नेतले बताए ।

अन्य

भिडियो