शुभकालिका गाउँपालिका–१ की ३२ वर्षीया विमला वुढामगरलाई कुटपिट गरेको आरोपमा सोही वडाका अध्यक्षसमेत रहेका ३५ वर्षीय पति विरबहादुर बुढा मगरलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज २२ गते कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयको टोलीले गिरफ्तार गरी हिरासतमा रखेको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु वलियले बताएका छन् ।
जिल्ला सदरमुकाम मान्ममा हेटेल व्यवसाय गर्दै आएका वडाध्यक्ष मगरले राति अत्यधिक मदिरा सेवन गरी कुटपिट गरेको भन्दै राति नै प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको थियो । पीडित महिलाको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ ।