नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमानगर नपा–७ का ५३ वर्षीय दिपक खत्रीलाई असोज १४ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १४ गते घरमा एक्लै भएको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले असोज १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।