INSEC Online

📅 २०८३ जेष्ठ २१

आमरण अनसनरत डा. केसी स्वास्थ्य अवस्था कमजोर बन्दै

स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको लागि नौ बुँदे माग राखी कात्तिक २८ गतेदेखि आमरण अनसनरत त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

डा.केसीले चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न कामहरूका लागि सरकारसँग विभिन्न सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएकाले पुनः अनसन बस्नुपरेको बताएका छन् । उनले पदीय अधिकारको चरम दुरूपयोग गरेर भ्रष्टाचारमा मुछिएका लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा देशकै ठूलो दल नेपाली काङ्ग्रेसलगायतले अझै संस्थागत निर्णय गरिनसकेको प्रति आपत्ति जनाएका छन् ।

डा. केसीले वरिष्ठताको आधारमा तत्काल आइओएमा डीन नियुक्त गरिनुपर्ने र नियुक्तिमा चलखेल गर्ने त्रिविवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गर्नुपर्ने प्रमुख माग राखी दसौँ आमरण अनसन थालेका थिए ।

अन्य

भिडियो