INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका–२ बेस्तडाका ५४ वर्षीय गोपाल वादीलाई असोज १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ९ गते बलात्कार गरेको भनी पीडित पक्षले असोज ९ गते नै जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

पीडित बृद्धाको स्वास्थ्य परीक्षण असोज १० गते जिल्ला अस्पताल, दैलेखमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो