INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका फरार आरोपितलाई ६ वर्ष पछि गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सिरहाले असोज ९ गते सार्वजनिक गरेको छ ।

साविक विष्णुपुर प्ररा गाविस–४ (कर्जन्हा नपा–२)की २५ वर्षीया गीतादेवी यादवको घाँटी रेटी ०७० कात्तिक ९ गते हत्या गरेको आरोपमा साविक विष्णुपुर प्ररा गाविस–४ घर भई बडहरामाल गाविस–२ बस्ने ३५ वर्षीय थारु भन्ने अक्षयकुमार यादवलाई भदौ २२ गते गिरफ्तार गरी असोज ९ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार पत्नीको हत्या गरी फरार रहेका आरोपितलाई विशेष सूचनाको आधारमा गिरफ्तार गरिएको हो । शवको पोष्टमार्टम जिल्ला अस्पताल सिरहामा ०७० कात्तिक १० गते भएको थियो ।

अन्य

भिडियो