१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले धनगढीमाई नपा–१२ का २० वर्षीय शिवनारायण महतोलाई आठ वर्ष कैदको फैसला असोज ६ गते गरेको छ ।
न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले सो फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले बताए । पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति समेत भराउनु पर्ने फैसला भएको श्रेस्तेदार श्रेष्ठले बताए ।
पीडित बालिकालाई आरोपितले ०७३ साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा साउन ५ गते उजुरी हालेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ५ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई साउन ६ गते गिरफतार गरेको थियो भने आरोपित अदालतको आदेशमा साउन ३२ गतेदेखि पुर्पक्षको लागि थुनामा रहेका थिए ।