INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला तिलाठी कोइलाडी गाउँपालिका-५ घर भइ काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका-१०, भिमसेनगोला बस्ने ५० वर्षीय दिलिपकुमार श्रेष्ठलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार पीडित महिलालाई आरोपितले भदौ ३० गते बिहान ११ बजे घर निर्माण गरिरहेको स्थानमा यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाले भदौ ३० गते नै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएपछि आरोपितलाई खोजी गरी असोज ४ गते बिहान ललितपुर महानगरपालिका-१५, हात्तिवनबाट गिरफ्तार गरिएको डिएसपी मिश्रले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ३० गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ । आरोपितविरूद्ध यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो