INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखर घर भई सोही ठाउँको चामुनादेवी आधारभूत विद्यालयका शिक्षक २८ वर्षीय राजु कुँवरलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २ गते विद्यालयको कक्षा कोठा भित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले असोज ३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी गरेको प्रहरीले जनाएको छ ।

आरोपितलाई जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो