INSEC Online

📅 २०८३ जेष्ठ २१

षडानन्द नगरपालिकामा बम विस्फोट

षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । असोज २ गते राति १२ बजेको समयमा अज्ञात पक्षले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

उपमेयर मरिकार राई चढ्ने गाडीलाई लक्षित गरी बम विस्फोट गराएको हुन सक्ने नरपालिकाका मेयर वीरवल राईले बताए ।

बम विस्फोबाट गाडीमा सामान्य मात्र क्षति भएको छ । गाडीलाई लक्षित गरी कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए ।

विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको पर्चा भेटिएको डिएसपी मगरले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकोले शङ्कास्पद वस्तुको डिस्पोजको लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो