INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडा सम्झँदै द्वन्द्व पीडित परिवार

सशस्त्र द्वन्द्वका समयमा मारिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारले शान्ति सम्झौता भएको वर्षौँ बित्दा पनि आफूहरूको पीडा सरकारले नसुनेको गुनासो गरेका छन् ।

राज्यले राहत रकम दिएर आंशिक रूपमा सम्बोधन गर्न खोजे पनि आफूहरूले चाहेजस्तो समाधानको बाटो नखोजेको उनीहरूले बताए ।

असोज २ गते इलाम सदरमुकाममा गरिएको द्वन्द्व पीडितको १४ फोटो प्रर्दशनीका क्रममा द्वन्द्वको घाउ अहिले पनि नमेटिएको इलामकी पीडित गङ्गा कोइरालाले बताइन् ।

तात्कालिन राज्य र विद्रोही पक्षबीच दोहोरो गोली हानाहान हुँदा कोठामै सुतिरहेका पतिलाई गोली लागेर मृत्यु भएपछि अहिलेसम्म त्यसको पीडा खेप्न बाध्य पारिएको उनको गुनासो छ ।

कुनै पक्षसँग पनि संलग्न नभएका तर द्वन्द्वकै असरले जीवनभर अपाङ्गता बन्न बाध्य १४ पीडितका प्रतिनिधि फोटोकथा बोकेर इलाम आइपुगेका सुरेन्द्र खत्रीले अहिलेका बालबालिकालाई फेरि पनि यस्तो नहोस् भनेर फोटोहरू प्रर्दशनी गरेको बताए ।

१७ वर्षको उमेरमा जंगलमा घाँस काट्न गएका बेला भेटिएको बेवारिसे बम खेलाउँदा खत्रीले दुवै हात गुमाएका थिए ।

‘मेरो जस्तै दुर्गति अबका बालबालिकाको नहोस् भनेर सचेत गराउनु हाम्रो दायित्व हो ।’–खत्रीले भने ‘सरकारले पनि द्वन्द्वको पीडा बुझ्न र शान्ति पूर्ण वातावरणमा नागरिकलाई बाँच्न दिन सक्नु पर्छ भन्ने हाम्रो माग हो ।’

photo20190920illam

अन्य

भिडियो