INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका ६५ वर्षीय खुशीलाल रजकलाई सप्तरी जिल्ला अदालतले असोज २ गते तीन महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले आरोपितलाई कैदसँगै ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाले बताए ।

फैसलामा भनिएको छ–‘मुलुकी अपराधसंहिता २०७४ को दफा १२४ (१) र (२) को कसूर गरेको देखिँदा सोही ऐनको दफा १२४ (३) बमोजिम आरोपितलाई तीन महिना कैद र ३० हजार रुपियाँ जरिबाना हुने ठहर्छ ।’

पीडित बालिकालाई आरोपितले ०७५ भदौ ७ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा भदौ ८ गते उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ भदौ ८ गते गरिएको थियो ।

प्रहरीले आरोपितलाई ०७५ भदौ ८ गते गिरफ्तार गरी बलात्कार प्रयासको उजुरी दर्ता गर्‍यो । जिल्ला अदालतको आदेशमा ०७५ असोज १ गते आरोपित ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो