३१ वर्षीया पत्नी मैया श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका-४ मागाका ३८ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा साउन २७ गते घरमै झैझगडा हुँदा हातले जथाभावी हिर्काएर घाइते पारिएकी मैया श्रेष्ठलाई उपचारका लागि सैनिक अस्पताल छाउनी भर्ना गरिएको थियो ।
उपचारका क्रममा भदौ २८ गते अस्पतालमा नै मैयाको मृत्यु भएको भन्दै पीडितका आफन्तले हिजो जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरिएको प्रहरी जवान रविन कापरले बताए ।
शवको पोष्टमार्टम भदौ २९ गते काठमाडौँको शिक्षण अस्पतालमा गरिएको छ ।