INSEC Online

📅 २०८३ जेष्ठ २२

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

इन्द्रवती गाउँपालिका-१ सिंपालकाभ्रेकी ७२ वर्षीया सेवाग्राही कौशल्या थापामगरलाई सोही वडाका वडा अध्यक्ष श्रीलामाले कुटपिट गरी दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

सेवाग्राही महिलालाई आरोपितले साउन २२ गते स्थानीय महिला समूहको तर्फबाट वडा कार्यालयमा आर्थिक सहयोग माग्न जाँदा कुटपिट गरी लडाएर दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिला १५ दिनसम्म उपचारकै क्रममा रहेकोले उजुरी दिन ढिलाइ भएको भन्दै पीडित पक्षले आरोपितविरूद्ध दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गर्न इलाका प्रहरी कार्यालयमा पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए ।

कुटपिटबाट घाइते भएकी पीडित महिलालाई साउन २४ र २५ गते नवलपुर स्वास्थ्य चौकीमै भर्ना गरी उपचार गरिएको र १५ दिनसम्म उपचारका लागि घरबाटै आउने जाने गरेको अस्पतालले जनायो ।

अन्य

भिडियो