यमुनामाई गाउँपालिका–३ का २० वर्षीय रुपेश साहलाई भदौ २४ गते जग्गाको मोही लगत कट्टाबारे निवेदनमा हस्ताक्षर गराउन जाँदा सामान्य विवाद हँुदा सोही वडाका ४० वर्षीय वडा अध्यक्ष शेख अलियासकाले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
वडा अध्यक्ष अलियासकाको घरमै पुगेका साहलाई वडा अध्यक्षले चप्पलले कुटपिट गरेकोे पीडित साहले बताए ।
हस्ताक्षर बारे आफ्नोे कुरा भन्दाभन्दै वडाध्यक्षले एक्कासी गालीगलौज गरी धम्की दिँदै चप्पलले कुटपिट गरेको स्थानीयले बताए ।
वडा अध्यक्षले कुटपिट गरेको भन्दै पीडित साहले न्याय माग्दै प्रहरी चौकी सुकदेव चोकमा भदौ २४ गते नै उजुरी दिएका छन् ।
साहलाई चप्पलले कुटपिट गरिएको घटना सुनेपछि स्थानीय आक्रोशित भएर गाउँपालिकाको कार्यालयमा पुगेर घटनाको विरोध गरेका थिए ।