INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोन्ज्योसोम गाउँपालिका-२ शंखु घर भई हाल ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ४२ वर्षीय योगेन्द्र घिसिङलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले भदौ २३ गते सार्वजनिक सवारी साधनमा यात्रा गरिरहेको बेला यौन दुर्व्यहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा सोही दिन उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई तत्कालै गिरफ्तार गरिएको डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २३ गते नै पाटन अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो