धरान र इटहरी उपमहानगरपालिमा रहेका दुई शैक्षिक संस्थामा भदौ १९ गते राति र भदौ २० गते बिहान गरी बम विष्फोट भएको छ ।
भदौ २० गते बिहान इटहरी उपमहानगरपालिका–५ को सुस्मा गोदावरी कलेज र भदौ १९ गते मध्यरातमा धरान उपमहानगरपालिका–१८ को दिल्ली पब्लिक स्कुलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले बम विष्फोट गराएको पहरीको अनुमान रहेको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बम पड्काएर चन्दा आतङ्क मच्चाउने योजनाका साथ शहरमा नाम चलेका शैक्षिक संस्थामा बम हानेको हुन सक्ने बताए ।
चाडवाड नजिकिए सँगै सर्वसाधरण तथा अन्य स्कुलहरूलाई चन्दाको दायरामा ल्याउन बम राखेर आतङ्कित पार्न खोजेको डिएसपी शमाले बताए ।