१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माण्डवी गाँउपालिका–२ का २६ वर्षीय टङ्कबहादुर ओलीलाई भदौ २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।