३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–३ का ३२ वर्षीय रिखबहादुर नेपालीलाइ भदौ १८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको सो कार्यालयका इन्स्पेक्टर सुरेश सुवेदीले बताए ।
पीडित महिलकाको स्वास्थ्य परीक्षण साउन १८ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।