११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का २२ वर्षीय अर्जुन राईलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर सन्तोषकुमार राईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १८ गते गरिएको छ ।