INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय बाबुलाई भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गर्दै आएको र अन्तिम पटक ०७६ साउन १८ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितकी फुफूले भदौ १६ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको सई नवराज थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा भदौ १६ गते गरिएको छ ।

अन्य

भिडियो