INSEC Online

📅 २०८३ जेष्ठ २२

शिक्षकमाथि कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कालिकोट जिल्ला माहादेव गाउँपालिका–५ मा घर भइ हाल हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित माहादेव माविमा कार्यरत ४० वर्षीय शिक्षक मदनबहादुर शाहीलाई मुगु जिल्ला छायानाथ नगरपालिका–५ मा घर भइ हाल सर्केगाड गाउँपालिका–४ मा रहेको पाँच किलोमिटर सडकमा गाडी चलाउँदै आएका २६ वर्षीय गाडी चालक अङ्गराज रोकायाले कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पीडितले सर्केगाड प्रहरी चौकीमा उजुरी गरेका छन् ।

पीडित शिक्षक भदौ १३ गते बेलुका विद्यालयको भन्सामा खाना खाँदै गरेको बेला गाडी चालक रोकायाले खाने थाली खोसेर टाउकोमा प्रहार गरी घाइते बनाएको सो विद्यालयका प्रधानाध्यापक देवविक्रम शाहीले बताए ।

घाइते शिक्षकले भदौ १४ गते प्रहरी चौकी सर्केगाडमा उजुरी गरेका हुन् । उजुरी गरेपनि कुटपिट गर्ने गाडी चालक रोकायालाई अहिलेसम्म गिरफ्तार नगरेको पीडित शिक्षक शाहीले आरोप लगाए ।

टाउकोमा चोट लागेका शिक्षकको सर्केगाड स्वास्थ्यचौकीमा टाउकोमा ११ ओटा टाँका लगाएर उपचार भइरहेको प्रअ शाहीको भनाई छ ।

प्रहरी चौकीका असई देवबहादुर थलालले आरोपितलाई अनुसन्धानका लागि खोजी गरिरहेको बताए । शिक्षकलाई सर्केगाड स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएकाले भदौ १५ गते नेपालगञ्जमा सिटी स्क्यानका लागि रिफर गरिएको बताए ।

अन्य

भिडियो