४२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका-६ का ३८ वर्षीय सागर भनिने श्यामलाल चौधरीलाई भदौ ९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन २४ गते आरोपितले घरभित्र पसेर यौन दुर्व्यवहार गरेको भन्दै गढवा प्रहरीमा साउन २५ मौखिक उजुरी दिइन् ।
प्रहरीले साउन २६ गते दुवै पक्षबिच छलफल गराएर मिलापत्र गराएकामा पीडितले आफूलाई भ्रममा पारेर मिलापत्र गराइएको भन्दै भदौ २ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि फरार रहेका आरोपित चौधरीलाई गढवाबाटै गिरफ्तार गरिएको छ ।
प्रहरीमा आइसकेको मुद्दामा जनप्रतिनिधिको दबाबमा मिलापत्र गराइएको पीडितले बताएपछि प्रहरीले लिखित उजुरीको आधारमा आरोपित चौधरीलाई गिरफ्तार गरी अनुसन्धान थालेको इप्रका गढवाका इन्स्पेक्टर भरतसिंह राठोरले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २ गते लमही अस्पतालमा भएको प्रहरीले जनायो ।