१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-५ खहरे घर भएका २५ वर्षीय तेज बुढा भन्ने तेजविक्रम विएमलाई भदौ ९ गते मुसिकोट नपा-५ सेरीगाउँबाट गिरफ्तार गरेको छ ।
आरोपित बुढाले दुई वर्ष अघिदेखि दिदीको घरमा बस्दै आएकी पीडित युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट परिचय गरी भदौ ५ गते विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरी पश्चात् आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए । पीडित युवतीको स्वास्थ परीक्षण भदौ ९ गते जिल्ला अस्पताल, सल्लेमा भएको प्रहरीले जनाएको छ ।