पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ३२ गते दिउँसो बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय, पर्वतमा भदौ ४ गते नै उजुरी दिएका थिए ।
गिरफ्तार गरिएका बालकलाई हाल हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ४ गते नै जिल्ला अस्पताल पर्वतमा भएको प्रहरीले जनाएको छ ।