११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलरा नगरपालिका–६ मिर्जापुरका २३ वर्षीय राकेश यादवलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन ३० गते यौन दुर्व्यवहार गर्दैगर्दा बालिका कराएको आवाज सुनी छिमेकीहरूले इलाका प्रहरी कार्यालय बलरा, सर्लाहीमा जानकारी गराएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ३१ गते नै गरिएको छ ।