ढोरपाटन नपा–८ बोबाङमा साउन २५ गते राति मृत फेला परेका ६४ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया पत्नी विमा कामीको हत्या गरेको आरोपमा प्रहरीले भानबहादुरका ६१ वर्षीय भाइ मसाने कामीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
दाजु भाउजूको हत्या गरेको आशङ्कामा अनुसन्धानको लागि साउन ३० गते प्रहरीले नियन्त्रणमा लिँदा आरोपित कामीले मसानेले घरायासी विवादको क्रममा आवेगमा आएर दाजु भानबहादुरलाई बञ्चरो र भाउजु विमालाई हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए ।
घटनापछि छिमेकीले २६ गते बिहानै भानबहादुरको शव घर नजिकैको मकैबारीमा र पत्नी विमाको शव घर भित्रै रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको पोष्टमार्टम साउन २६ गते बुर्तिवाङ स्वास्थ्य चौकीमा गरि सोही दिन प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।